दफा ३५
आयोगले परामर्श दिँदा अपनाउनु पर्ने कार्यविधि
(१) सङ्घीय निजामती सेवाका कर्मचारीको सेवा शर्त सम्बन्धी कानूनको विषयमा आयोगको परामर्श माग भई आएमा संङ्घीय निजामती सेवाको कामको प्रकृति र अवस्था अनुसार -समान वा पृथक-पृथक रुपमा परामर्श दिन सक्नेछ ।
(२) सङ्घीय निजामती सेवाको पदमा नियुक्ति, बढुवा वा त्यस्तो सेवाका कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगको परामर्श माग भएमा आयोगले सो सम्बन्धी निर्धारित सिद्धान्त समेतलाई विचार गरी परामर्श दिनेछ ।
(३) सङ्घीय निजामती सेवाको कर्मचारीलाई विभागीय सजाय गर्ने विषयमा आयोगको परामर्श माग भएमा आयोगले सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम तोकिएको प्रक्रिया पूरा भए नभएको हेरी तीस दिनभित्र परामर्श दिनेछ ।
(४) उम्मेदवारको उपयुक्तता सम्बन्धी देहायका विषयमा परामर्श मांग भई आएमा आयोगले सम्बन्धित सेवाको कार्य प्रकृति समेतलाई विचार गरी दफा १२ मा उल्लिखित कुनै एक वा एकभन्दा बढी तरिकाद्वारा आवश्यकता अनुसार उम्मेदवारको उपयुक्तताको परीक्षण गरी परामर्श दिनेछ:-
(क) सङ्घीय निजामती सेवाको पदमा छ महिनाभन्दा बढी अवधिको लागि नियुक्ति गर्दा,
(ख) कुनै एक प्रकारको सङ्घीय निजामती सेवाको पदबाट अर्को प्रकारको सङ्घीय निजामती सेवाको पदमा सरुवा वा बढुवा गर्दा वा सङ्घीय निजामती सेवा अन्तर्गतको कुनै सेवाको एक समूह वा उपसमूहको पदबाट अर्को समूह वा उपसमूहको पदमा सरुवा वा बढुवा गर्दा,
(ग) अन्य सरकारी सेवाबाट सङघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा,
(घ) कुनै प्रदेशको निजामती सेवाको पदबाट सङ्घीय निजामती सेवाको पदमा वा सङ्घीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा,
(ङ) आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा सरूवा वा बढुवा गर्दा ।